कोरोना भाइरसको महामारी सुरू भएको चीनको वुहानबाट लकडाउन हटाइयो !

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्। यसैगरी लकटाउन हटाएपछि यातायातका सेवाहरू पनि संचालनमा आएका छन्। मंगलबार वुहानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य भएपछि लकडाउन हटाइएको हो।…