दुखद खबर : सर्लाहीकी कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु !

कोरोना संक्रमणबाट सर्लाही लालबन्दीकी एक महिलाको मृत्यु भएको छ । ३३ वर्षीया उनको शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो । तर त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो ।…