सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको 'केयर बाल गृह' मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो। कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए। उनीहरूले ती बालिकाको तस्बिर र भिडिओसमेत…