लकडाउनका बेला साउदी अरबमा अलपत्र गोविन्द नेपालीलाई अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । ‘साउदीबाट एक नेपालीको गुहार-कम्पनीले निकाल्यो, सडकमा अलपत्र छु’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनीहरूले गोविन्दलाई ८६ हजार ८५० रुपैयाँ सहयोग गरेका हुन । दोलखा स्थायी घर भएका गोविन्दलाई आङतेन्जेन शेर्पा, निदिम्की शेर्पा आलम्पु, डोमा शेर्पा विगु, आङ डेन्डी शेर्पा, टशी याङ्दोन…