करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस बुधबारदेखि खुलेका छन्। कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। https://www.youtube.com/watch?v=FSaXAbp4Xqk क्याम्पसहरू खुले पनि पठनपाठन भने सुचारू भएको छैन। ‘विद्यार्थीको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेकाबाहेक…