काठमाडौं महानगरका ३१ जना कर्मचारीमा आरडीटी परीक्षण पोजेटिभ !

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । https://www.youtube.com/watch?v=lJfNtteRTB8&t=54s…