गुल्मी– सोमबार बिहानसम्म रातोपाटी संवाददातासँग टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १८ दिनमै छुट्टिएका थिए । तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले । त्यही आधारमा रातोपाटीमा समाचार आयो । समाचारपछि
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा जानुभएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिनुभएको थियो । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै
धनकुटा – परम्परागत कृषि प्रणालीलाई बिस्थापित गरेर व्यसायीक कृषि प्रणालीको शुरुवात गर्न धनकुटा नगरपालिकाले किसानहरुलाई मिनि टिलर अनुदानमा उपलब्ध गराएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न ७ वटा कृषि समुहहरुलाई ७३ हजार मूल्य पर्ने ५ लाख ११ हजार बराबरको ७ वटा मिनि टिलर उपलब्ध
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय
बागलुङ – असार नलाग्दै यहाँका किसान रोपाइँमा व्यस्त छन् । सिञ्चित र दुई बाली उब्जाउ हुने खेतमा छिट्टै रोपाइँ शुरु भएको हो । हालसम्म करीब १० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो । वर्षा हुन थालेपछि रोपाइँ थप सहज भएको किसान बताउँछन्
काठमाडौं – नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो। सोअनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहडताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति
नयाँदिल्ली – भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो । तर आसाम राज्यभर नै
काठमाडौं – आईतबारको तुलनामा सोमबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदीको भाउ
काठमाडौँ – राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क भएर राष्ट्रिय हितमा
पोखरा । प्रदेश नं ४ को अाइतबारकाे प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरियाे । प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो ।