Logo

भारतबाट भित्रिएका ५ लाखको ज्वरो मापन, २४ घण्टामा ८७ हजार भित्रिए !

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको छ । सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांक अनुसार यो अवधिमाा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको छ।यो तथ्यांक आइतबार बिहानसम्मको हो।

फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सम्मिलित हेल्थ डेस्क स्थापना गरिएको थियो।पछिल्लो एक साता यता भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिनेको चाप हृवात्तै बढेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए।

नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २ स्थानमा हेल्थ डेस्क राखेर थर्मल गन मार्फत् ज्वरो मापन गरिरहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्