सर्लाहीको हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्ग किनारमा बस्ने अमृता उप्रेती र अर्जुन मैनाली दम्पती यतिवेला अति व्यस्त छन् । भोकभोकै गन्तव्यतर्फ लम्किरहेका पैदलयात्रीलाई बोलाउँदै खाना खुवाउन उनीहरूलाई भ्याइनभ्याई छ । कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले ११ चैतमा देशव्यापी लकडाउन घोषणा गर्यो । तर, त्यसअघि नै त्रास सुरु भइसकेकाले पसलहरू खुल्न कम भइसकेको थियो ।…