जिल्लाको डुङ्गेश्वर गाउँपालिका-१ का एक दम्पती १५ महिने छोरा च्यापेर जेठ ८ गते भारतबाट गाउँ आइपुगे । उनीहरुलाई चुप्रास्थित क्वारेन्टाइनमा राखियो। दुई दिनपछि र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा ती दम्पतीमा कोरोना पोजिटिभ देखियो।तर, उनीहरुकै १५ महिने छोरामा भने नेगेटिभ देखिएको थियो। लगत्तै बालकसहित आमाबुवाको स्वाब संकलन गरेर सुर्खेतस्थित प्रयोगशालामा पठाइयो । सुर्खेत र नेपालगञ्जस्थित प्रयोगशालामा…