काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गर्नुभएको छ । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उहाँले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले…