तीन दिनपछि मलेसियाबाट घर फर्कदै थिए बुबा, २६ महिने छोरीलाई देख्न नपाउँदै आँगनबाटै चितुवाले लग्यो

बाँके– बाबा, मम्मी, दादा, आमा भन्दै दोहोरो कुराकानी थाली सकेकी थिइन् २६ महिनाकी लक्ष्मीले । आफु जन्मनुभन्दा ६ महिना अघिनै वैदेशिक रोजगारीमा गएका बुबालाई फोन गरेर आफ्नै भाषामा फ्रक, चकलेट ल्याइदिन भन्थिन् । वैदेशिक रोजगारीका लागि मलेसिया रहेका उनका बुबा ३६ वर्षीय वीरेन्द्र पुनपनि भर्खरै बोल्न सिकेकी छोरीसँग फुर्सत मिल्नेबित्तिकै कुरा गरीहाल्थे । बाँकेको खजुरा…