पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । एक सातादेखि ठोरी गाउँपालिका-१ मा गाउँ पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर कसरा लगेको हो । इन्जेक्सनको माध्यमबाट बेहोस बनाएर शनिबार नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा लगिएको निर्मल ठोरी उपभोक्ता समितिका…