चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास सोमबारदेखि बन्द भएको छ। टेक्सासको ह्युजटनमा आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा शुक्रबार चीनले छेन्दुको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो। अमेरिकी महावाणिज्य दूतावास बन्द हुने भएपछि चिनियाँहरूले उक्त घटनालाई निकै चासोका साथ हेरेका छन्। साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार महावाणिज्य दूतावास…