धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेको छ । नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको हो । उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन् । उपमहानगरपालिकाले सो क्षेत्रभित्र पर्ने भौतिक संरचनासँगै बोटबिरुवा तथा ठुल–ठुला रुख पनि कटान गरिरहेको छ । वातावरण विज्ञहरु…