कथित स्टार, आइटमसहित केही गीत र खर्चिलो क्लाइमेक्सले भरिएको फिल्म सुन र दर्शक कन्फ्युज गर्ने द्वैधअर्थी संवाद सुगन्ध मान्ने थुप्रै फिल्मकर्मी छन् नेपाली चलचित्र क्षेत्रमा । ती सबैका लागि गतिलो झापड हो– फिल्म ‘आमा’ । ‘पशुपति प्रसाद’ जस्तो उत्कृष्ट फिल्म दिएका दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मप्रति दर्शकको हाई एक्स्पेक्टेसन हुनु स्वाभाविक पनि हो । ‘आमा’…