मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् । कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो । राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा
हिन्दू धर्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ।
उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उहाँको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्नुभएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । जानी राखौ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ
श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी
श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी
लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा एउटा शिव मन्दिर छ । इशानेश्वर महादेव मन्दिर । उक्त ठाउँमा शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ । नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी एक महिला गएको सोमबारदेखि बेखबर बनेकी छन् । पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् । लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग
उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु-याउने । चार वर्षदेखिको