कार्तिक ९ गते (भोलि) देखि ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन दामोदर महोत्सवको आयोजना हुने भएको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको हो । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तरवाहिनीमा उक्त…