नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – प्रमुख शाह 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना भएको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र शाह (बालेन) ले, नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताउनुभयो । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ…