काठमाडौं, मंसिर १०। नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ । लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ । गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना…