काठमाडौं - रसुवा जिल्लामा बुधवार बिहान अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई एनसेलले राहतस्वरूप तीन दिनका लागि निःशुल्क सञ्चार सेवा उपलब्ध गराउने भएको छ । एनसेलका अनुसार बाढी प्रभावित क्षेत्रहरूमा तीन दिनसम्म भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी, प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क प्रदान…