भारी वर्षाको जोखिमपछि विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक संस्थाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण…