दुर्गा प्रसाईलाई अदालत लगियो, १२ दिनसम्म म्याद थप गर्न प्रहरीको प्रस्ताव

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतल लगिएको छ। शुक्रबार बिहान काँकडभिट्टाबाट नियन्त्रणमा लिएर उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी भ्यानमा हालेर सिधै काठमाडौं प्रहरी परिसर लगी राखिएको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रसाईंलाई म्याद थपका लागि जिल्ला…