Logo

भिनाजुका कारण संकटमा सलमान : सलमान पिट्नेलाइ २ लाखको इनाम

बलिउड सुपरस्टार सलमान खान एकपटक फेरी विवादमा परेका छन् । तर उनी विवादमा पर्नु नौलो कुरो भने होइन । पटक पटक विवादमा पर्ने सलमान अहिले भने आफ्नै भिनाजुका कारण विवादमा मुछिएका हुन् ।

सलमान खानलाई पिट्नेलको लागि भारतमा दुई खाल पुरस्कार दिने घोषणानै गरिएको छ । विश्व हिन्दु परिषदका पूव अध्यक्ष प्रवीण तोगडियाका साथी गोविन्द पराशरले सलमान खानलाई पिट्नका लागि दुई लाख पुरस्कारको घोषणा गरेका हुन् । उनले सलमानमाथि मानिसहरुलाई भावनामा ठेस चोट पुग्ने गरी काम गरेको आरोप लगाएका छन् ।

गोविन्द पराशर सलमानका ज्वाईँ आयुष शर्माले ल्याउन लागेको चलचित्र ‘लवरात्रि’ का कारण सलमान विरुद्धनै एक्सनमा उत्रिएका हुन् । उनी एक्सनमा उत्रिएपछि सलमान अभिनित चलचित्रका पोष्टर जलाइएका छन् ।

 

सलमान खान प्रोडक्सनको ब्यानरमा सलमान खानकी बहिनी अर्पिताका श्रीमान आयुष शर्माको चलचित्र ‘लवरात्रि’ सार्वजनिक हुँदैछ । सबै विवाद फिल्मको नामलाई लिएर पैदा भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । गोविन्द पराशरले चलचित्रको नाम ‘लवरात्रि’ राखेर हिन्दू भावनालाई ठेस पुगेको दाबी गरेका छन् ।

बिहीबार पराशरले कार्यकताहरुसँगै उपस्थित भएर सलमानका फिल्मका पोस्टर जलाएका छन् । कार्यकताले सडकमा फिल्मको विरोधमा नाराबाजी पनि गरे । पराशरले फिल्मप्रति आपत्ति जनाउँदै भने, ‘यो फिल्म सलमानले बनाउँदैछन् । ‘नवरात्रि’ एउटा धार्मिक पर्व हो । यससँग लाखौँ हिन्दूहरुको भावना जोडिएको हुन्छ । हामी सलमानको निन्दा गर्दछौँ । हामी फिल्ममाथि प्रतिबन्धको माग गर्छौँ ।’

उनले आफू ‘हिन्दू ही आगे’ नामको संस्थाको सिटी युनिटको अध्यक्ष भएको बताउँदै सार्वजनिक ठाउँमा सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कार दिने घोषणा गरेका छन् । नवरात्रिमा आधारित भनिएको यो चलचित्रमा सलमानले आफ्ना ज्वाईँलाई डेब्यू गराउँदैछन् । यसमा वरीना हुसैन मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्