Logo

जंगबहादुरले भारतलाई देश नै मान्दैनथे, कारण यस्तो छ

नेपालको राजनीतिक इतिहासमा एक चर्चित व्यक्ति हुन जंगबहादुर राणा । राणाले नेपालका राजनीतिलाई यस्तो तरिकाले परिर्वतन गरिदिएका थिए की त्यसको प्रभाव सयौ वर्षसम्म पनि परिरहेको छ । उनले गरेका कामले नेपाली इतिहासमा उनको आलोचना गर्नेदेखिप्रसंशा गर्नेहरु कैयौ छन् । तर तीनै जंबहादुरले छिमेकी भारतलाई देश नै मान्दैनथे भन्दा अचम्म लाग्छ होला, तर यो सत्य नै हो तीनै जंगबहादुरको पालामा रूस, चीन, दिल्ली र बेलायतमध्ये समुन्द्रको बादशाह भनेर बेलायतलाई चिनिन्थ्यो । वेलायतले दिल्लीलाई खाएर आफ्नो पनि अङ्गभङ्ग गरिदिएपछि नेपाल चीनियाँ बादशाह गुहार्न पुगेको थियो ।

त्यत्तीबेला ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षा अनुरुपको सहयोग नपाएपछि नेपालले रूसी बादशाहलाई समेत सम्झेको थियो । त्यस्तो अवस्थामा रूसले अंग्रेज साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खी बस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति वचन सम्झ्ँदै पुलकित समेत भएका थिए ।

इतिहासकारका अनुसार कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरूका सामु जंगबहादुरको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो । त्यसबेला उनले ‘हिन्दूस्तानमा रूसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ वा सन्धि गरौं भन्न सक्छ, त्यसबेला ब्रिटिशसँग तपाईंहरू हाम्रा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौ, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भर मद्दत गर्छौं, भनेका थिए ।

हामीलाई सैन्य बल बढाउन युद्ध सामग्री, हातहतियार गोलीगट्ठा प्रशस्त चाहिन्छ, २० हजार सेनालाई बन्दूक, ब्रिज लोडर २४ तोप, तिनलाई चाहिने खरखजाना सबै देऊ भन्नू, ब्रिटिश सरकारले हामी त्यस्तो खर्च दिन सक्तैनौ भन्यो भने यही माग रूससँग राख्नू, तर यो चाहिं रूस हिन्दूस्तान पसेपछि मात्र गर्नु, यूरोपियनसँग कुरा गर्दा आफ्नो भेद कहिल्यै नखोल्नू प्रचार गरिदिन्छन, तिनको विश्वास गर्नुहुँदैन’ भनेका छन्।

जंगबहादुर शिकारबाट फर्कंदाको संयोग कस्तो भने ब्रिटिश रेजिडेन्ट भायसरायका छोरासहित केही अंग्रेज अफिसरहरू चित्लाङ्गमा उनीसँगै बास बस्न आइपुगेछन् । त्यो मौकामा जंगबहादुर स्वयं अंग्रेजहरूको बास शिविरमा गएर कुरा गरेका थिए । त्यसबेला अंग्रेजहरूले ‘नेपाललाई जे चाहिन्छ सो सबै हामी दिन्छौ, भरमद्दत हामी नै गर्छौं, धन्दा मान्नुपर्दैन, नेपाललाई आपत् विपत् केही आइपर्‍यो भने अवश्य गुहार दिनेछौं’ भनेर जंगबहादुरलाई आश्वस्त पारेका समेत पारेका थिए । तर देशको जनबल–धनबल बाहिर जान दिंदै दिनुहुन्न भन्ने जंगबहादुरको विचार थियो । देशका युवकहरूलाई भर्ना गरेर सैन्य संख्या बढाउने, तिनलाई सधैं शस्त्रसज्जित र तम्तयार राख्ने र सलले नभए बलले पनि आफ्नो भूमि फिर्ता लिने उनको भित्री आकांक्षा थियो । १९२९ सालको सवारी मुकाम कमला नदीमा तत्कालीन श्री ३ बाट जारी भएको कुरा यस्तो थियो :-

१. रुस आई अरु सेट्याल एसियाका राजाहरूसँग भयाका बेपारको घावमोजीम यांहा पनि घा गर गर्दैनौ भन्या लड्न तयार हौ भनि भन्यो भन्या दिन्या जबाब ।

२. पहिले बृटिश गवरमेन्टसंग तिम्रो हाम्रो धेरै दिनदेखि दोस्ति भै तिमीहरूलाई हामीले मानि आयाको हो, आज हाम्रा ढोकाका नजदिक रुस आइरहेछ, जस्तै अघिदेखि मानि आयाका छौं, सोही बमोजिम हामिलाई मानी बस, तेसलाई हामी हटाई देउला भंछौ भन्या हाम्रो मंजुर छ, तेसलाई हटाइदेउ हामी हटाउन सकदैनौं, तिम्रो मुलुकको जसो गरी रक्षा हुन्छ आफै गर, तिम्रो सरोकार हामीलाई छैन, भंन्छौ भन्या यही बेहोरा लेखि हामीलाई जवाफ देऊ र जन उपायले होला आफु बचाउ हुन्या पाठ गरला भनि बृटिश गवरमेन्टसंग कुरा कहानी गरी लिखत लिनु रुसलाई हामी हटाउंछु धंदा मान्नुपर्दैन भनि भन्यो भन्या २४ तोप र २० हजार फौज म तयार गर्छु तेतिलाई पुग्न्या ब्रिजलोडर ऐको षजाना र अरु जो जो चाहियाको देउ र तिम्रा सल्लाह बमोजिम् भर्मगदुर गरुंला भनि भंनु पाइयो भन्दा रुसलाई बृटिश सर्कारसंग धेरै लडायी भै घा अहद गरी उनीलाई मानी आयाको छ, यो कुराको सवाल उनिसंग गर भनि जवाफ दिनु ।

३. कदाचित् तिम्रो पनाह लिन हामी सकदैनौं भनि बृटिश सर्कारबाट जवाफ मिल्यो भन्या रुसले लाहुरसम्म आइपुग्या पछी यति तोप येति फौज हामी तयार गरी ल्याउछौ, व्रिज लोडर उतिलाई पुग्न्या गरी खरखजाना देउ रीझबापत हाम्रा पुरानो मुलुक गढकुमाउ र अरु जगा जो मिलोस् अंग्रेजलाई मानी आयाबमोजीम् तिमीलाई मान्नालाई र तिमीसित लड्नामा हामी तयार छौ भनि पठाउनु

४. ईउरोपियानसंग राजकाजको कुरा काहानी गर्दा भित्री चेवाचर्चा गरी पठाउनु हुदैन, अखवारमा छापी जाहेर हुंछ, तर निमीत्त रुस लाहुरमा आई पुग्या पछी मात्र कुरा गर्न हुंछ बिच चेवा मार्फत कुरा गरी पठाउन हुदैन

प्रतिक्रिया दिनुहोस्