काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले कलेजको छतबाट हामफालेर ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंहले सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट हामफालेका थिए ।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा अस्पतालले साँझ उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाअघि आर्यनले एउटा कपीमा केही कुरा लेखेर छाडेका थिए । हिन्दी भाषाको रोमन लिपिमा लेखिएका ती विषयवस्तुबारे प्रहरीले अध्ययन गरिरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

















प्रतिक्रिया