काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्री बैठकमा उपस्थित नभएको विषय उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
बैठकमा सांसद गोपाल शर्मा ले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थितिबिना सो मन्त्रालयको शीर्षकमाथि छलफल सञ्चालन गर्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए।
सांसद शर्माको आपत्तिपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्दै आवश्यक समन्वयपछि पुनः सञ्चालन गर्ने जानकारी दिएका छन्।

















प्रतिक्रिया