Logo

एकता घोषणा भएको तीन हप्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भयो

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ ।

एकता घोषण भएको तीन हप्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको हो । गत जेठ ३ गते पार्टि एकता भएको औपचारिक घोषणा गरिएको थियो । जेठ ३ गतेनै आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्