Logo

बालाजु हाइटका सार्वजनिक जग्गा ‘भूमाफिया’लाई बुझाउन वडाध्यक्ष मुकुन्द रिजाल सक्रिय

काठमाडौं – बालाजु हाइटका सार्वजनिक पर्ति जग्गा संरक्षण गर्नुको साटो ‘भुमाफिया’हरु सँग त्यहाँको वडाध्यक्ष नै मिलिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । बालाजुमा रहेको सार्वजनिक पर्ति जग्गाको संरक्षणमा बिगत लामो समय देखि लागि परेका स्थानीयबासिन्दा हरिशरण बिष्टले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ‘भुमाफिया’लाई सहयोग गरिरहेको गुनासो गरेका हुन् । स्थानीयवासीले विष्टले भने, ‘बाटो नै नभएको जग्गालाई ‘भुमाफिया’हरुले प्लटिङ गरेका छन् ।

वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल

त्यहाँ जानका लागि कुनै सडक नै छैन । तर त्यस प्लटिङसम्म सडक पु¥याउनका लागि उनिहरुले सरकारी जग्गालाई मिचेर लान खोजिरहेका छन् । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले सो सरकारी जग्गा मिचेर ‘भुमाफिया’हरुको प्लटिङसम्म पु¥याउनका लागि सहयोग गरिरहेका छन् ।’ बालाजुस्थित सो सार्वजनिक पर्ति जग्गालाई तारबार लगाएर संरक्षण गर्न र बोट बिरुवा रोपेर हराभरा बनाउन त्यहाँका वडा नं. १६ का वडाध्यक्षलाई काठमाडौं महानगरपालिकाले पत्रसमेत काटिसकेको छ । तर ‘भुमाफिया’हरुको सो प्लटिङसम्म पर्ति जग्गालाई मिचेरै सडक लानका लागि वडाध्यक्ष रिजाल नै लागिपरेका कारण स्थानीयवासी आक्रोसित बनेका छन् ।

अहिले सो पर्ति जग्गालाई पर्खाल लागाईएको छ भने, ढल निर्माणलगायतका संरक्षणका कार्यहरु भईरहेको छ । तर जति तीब्र रुपमा हुनुपर्ने कार्य भने ढिलाई भईरहेको स्थानीयवासीको भनाई छ । वडानम्बर १६ बालाजुका स्थानीयबासिन्दा विष्ट भन्छन्, ‘बालाजुको सो सार्वजनिक पर्ति जग्गाको संरक्षणको लागि पर्खालले घेर्ने काम भईसकेको छ । अहिले ढल निर्माणलगायतको अन्य कामहरु भईरहेको छ, तर सुस्त गतिमा ।’

गत बुधबार मात्रै पनि बाटो नै नभएको जग्गालाई प्लटिङ गर्ने ‘भुमाफिया’हरुले सो पर्ति जग्गामा लगाईएको पर्खाल भत्काएर सडक लान खोजिरहेको स्थानीय हरिशरण बिष्टले बताए । जहाँ वडाध्यक्ष मुकुन्द रिजालको संलग्नपनि रहेको भन्दै स्थानीय बासिन्दा विष्टले भने, ‘हिजो मात्रै पनि वडाध्यक्ष रिजाल र ति ‘भुमाफिया’हरुले पर्खाललाई भत्काएर सडक लान खोजेका थिए ।

उनीहरुले आफ्नो प्लटिङसम्म जग्गा लानको लागि दलबलसहित आएका थिए । तर, हामी स्थानीयहरुले लखेट्न सफलभयौं ।’
यसरी सरकारी जग्गालाई संरक्षण गर्नुको साटो वडाध्यक्षनै ‘भुमाफिया’हरुको सपोर्टर निस्किएपछि स्थानीयहरु रुष्ट बनेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यलाई सो सरकारी जग्गाको संरक्षण गर्न र गराउनका लागि स्थलगत भ्रमण गरेर प्रतिवद्धता जनाउनका लागि पनि त्यहाँका स्थानीयहरुले आग्रह गरेकाछन् ।

२०७० साल देखि बालाजुको पर्ति जग्गाको संरक्षणगर्दै हरिशरण विष्ट

हरिशरण विष्ट बालाजुका स्थानीयवासी हुन् । उनले बि.सं. २०७० साल देखि बालाजुको सो सार्वजनिक पर्ति जग्गाको संरक्षणमा लागिपरेका छन् । यतिका वर्षसम्म सो पर्ति जग्गाको संरक्षण गर्ने क्रममा उनलाई धेरैले प्रलोभन पनि देखाएका थिए । उनलाई २० लाख दिने र सो पर्ति जग्गाको संरक्षण प्रति नबोल्न पनि ‘भुमाफिया’हरुले भने । विष्टले थपे, ‘मलाई ‘भुमाफिया’हरुले २० लाख दिने प्रलोभनसमेत दिए, तर म मानिन । मैले २० लाख खाएर हाम्रो सम्पदा घुमाउन चाहन्न । मैले २० लाख खाएर के बाँचुन्जेल लुकेर बस्नु ? अनुहार छोपेर साथीभाईसँग बस्नु छैन ।’

स्थानीयवासी हरिशरण बिष्ट

उनले आफ्नो केही सेतो फुलेको कपाललाई देखाउँदै भने, ‘अहिले मेरो कपाल आदि सेतो फुलिसकेको छ । मेरो पुरै कपाल फुलिन्जेलसम्म यस सरकारी जग्गाको संरक्षणमा लागिरहन्छु ।’ उनले आफुलाई मार्ने धम्कीसम्म आएको बताए । उनले भने, ‘मलाई मार्ने धम्कीसमेत दिए । तर म डाराउँदिन । किन डराउने ?एकदिन मर्नु नै छ ।’

यसै सरकारी जग्गाको विषयमा उनले बि.सं.२०६४ साल पुस ११ गतेका दिन काठमाडौं महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यलाई सरकारी पर्ति जग्गाको संरक्षणगरि पाउँ भनि निवेदनपनि दिएका थिए । कामपाका मेयर शाक्यबाट वडाकार्यलयलाई सो सरकारी पर्ति जग्गालाई संरक्षण गर्न निर्देशन दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्