Logo

अन्ततः गरिब दुखीको भगवान रबि लामिछानेले गर्दा उखु किसानले पाए पैसा, माइती घरमा रबि पुग्दा रोए किसान …….(भिडियो सहित)

सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।रामविलासले भने, ‘अब चाहिँ पैसा आउने आशा बढेको छ ।’

महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको यो रुवाई उखु कृषकहरुले भोगिरहेको पीडाको प्रतिबिम्ब झैं बनिरहेको छ ।

रामविलासले भनेका थिए, ‘अब के गर्ने हजुर ? यो मालिक त केही पनि पैसा दिँदैन ।’हुन पनि अन्नपूर्ण सुगर मिलले उखुको पैसा नदिएपछि उनको घरजग्गा नै लिलाम हुने अवस्थामा पुगेको थियो । त्यसैले त उनी जीवनमा पहिलो पटक काठमाडौं आए, पसिनाको मूल्य माग गर्दै माइतीघरको सडकमै सुते ।

शुक्रबार पनि उनी माइतीघर मण्डलामा आन्दोलनमै थिए । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले किसानहरुको खातामा ५० लाख पठाएको जानकारी गराउँदै र बाँकी रकम पनि पुस २५ गतेभित्र दिने बाचा गरे । लगत्तै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलनरत किसानहरुलाई वार्तामा बोलाए । वार्ता गर्न अरु किसान रामविलास पनि सिंहदरबार पुगे । किसानहरुले १२ बुँदे माग पत्र पेश गरे ।

केहीबेरको छलफलपछि पाँचबुँदे सहमति भयो, जसमा माघ ७ गतेभित्र किसानहरुको बाँकी रकम दिलाउन मन्त्रालयले पहल गर्ने पनि उल्लेख छ ।रामविलास भन्छन्, ‘मन्त्रीजीले तपाईहरुको पैसा २/४ दिनमा मिलिहाल्छ भन्नुभयो, अब खुसी नहुने ?’

उनलाई सिंहदरबारमा पाँचबुँदे सहमति हुँदै गर्दा नै घरमा फोन गरेर खुसी साट्न मन लागेको रहेछ । तर गोजीबाट फोन निकाल्ने आँट आएन । उनले हाँस्दै भने, ‘मन्त्रालयबाट कसरी गर्नू । फोन गर्न सकिनँ ।’उनले सञ्चारकर्मीलाई धन्यवाद दिए । उनले भोलि काठमाडौंमा बसेर आँखा जँचाउने र पर्सी घर फर्किने योजना बनाएका छन् ।आज उधारो सहमतिमा खुशी भएर सिंहदरबारबाट निस्केका रामविलासहरु भोलि फेरि माइतीघरको सडकमा सुत्न आउनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्