Logo

गायिका आस्था राउतको काउन्टरमा रेखा थापा !

आस्था राउत अहिले प्रहरीसँगको विषयलाई लिएर विवादमा परेकी छन् । अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आक्रोशपूर्ण आस्थाको भिडियोले गायिका आस्थालाई विवादमा ल्याएको छ ।

प्रहरी जवान रमिताको जाहेरी पछि गायिका आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । यही बेला अभिनेत्री रेखा थापाले प्रहरीसँगको सुमधुर सम्बन्ध देखिने तस्विर सार्वजनिक गरेकी छन् । जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले आस्थाको काउन्टरमा रेखाले तस्विर सार्वजनिक गरेको प्रतिक्रिया जनाएका छन् । उक्त तस्विरमा आएका कमेन्टहरुमा ‘धन्यवाद’लेखेकी छन् रेखाले ।

केही समय अघि माघी पर्वको अवसरमा बर्दियामा आयोजित ‘माघी मेला तथा साँस्कृतिक महोत्सव’ पुग्दा प्रहरीले दिएको सुरक्षा र प्रहरीले आफूसँग लिएको सेल्फीको तस्विर अभिनेत्री रेखाले सार्वजनिक गरेकी हुन् । सार्वजनिक तस्विरमा उनलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् भने केही सुरक्षाकर्मीले उनीसँग सेल्फी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्