Logo

अन्जु पन्त र निशान भट्टराईको गीतमा विराज र निकिताको डान्स हेर्नुहोस

विराज भट्टको डेब्यू निर्देशनमा बनेको चलचित्र “साङ्लो” लाई लिएर पछिल्लो समय व्यस्त छन् । अभिनेता टर्न निर्देशक भएकै कारण उनको कामको प्रतीक्षा फ्यानलाई छ । साथै उनले आफुलाई फेरी नेपाली चलचित्र स्थापित गर्न सक्छन कि सक्दैनन् भन्ने चुनौती पनि छ ।

आउँदो माघ २४ मा रिलिज हुने चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ । पहिलो गीत “चरीले काफल” हिट भएपछि विराजले दोस्रो गीत छायाँकन गरेका थिए । ‘पछिल्लो समय गीत संगीतले निकै प्रभाव पार्छ यसलाई बुझेर नै दोस्रो गीत ल्याएका हौँ’ विराजले भने । उनले गीतलाई अन्तिम सेड्युलमा छायाँकन गरेका थिए । ‘त्यतिबेला गीतको मुड आउँदिन जस्तो मात्र लागेन् , केहि तयारी पनि आवश्यक थियो’ उनले भने ।

गीतामा सुरेश अधिकारीको संगीतमा तयार गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चण्डक फिचर्ड छन् । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत मार्फत नीकिता पनि आश्वादी छिन् ।

‘हाम्रो केमेष्ट्रीलाई लिएर राम्रो प्रतिक्रिया पाएकी छु’ उनले भनिन् । ‘साङ्लो’ मा विराज र निकितासँगै कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, प्रकाश शाह, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व ,मानकृष्ण महर्जनको छायांकन र अर्जुन जिसीको सम्पादन छ । यसमा निर्माताको रुपमा तेज बहादुर खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्