Logo

गायिका आस्था राउतलाई प्रहरीले समात्यो हेर्नुहोस्

काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहीलाई अनुमति दिएको थियो । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद सार्वजनिक भएको थियो । महिला कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँगै पकाउ पुर्जी जारी गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्