Logo

सुगम पोखरेलको सोलो गीत ” लाखौमा एक तिमि ” सार्वजनिक

चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको “लाखौमा एक तिमि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।

यस अघि “आफु भन्दा जेठी’..” बोलको गीत बाट शब्द र अभिनयमा राम्रो नाम बनाएको सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा उनि ढुक्क रहेका छन् ।

गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको हो । “यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु . मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क छु” गायक पोखरेलले भने । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन ।

सफल म्युजिक भिडियो निर्देशक शान थापा निर्देशि यस भिडियो लाई अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन । राजिब समरको कोरियोग्राफी रहेको यस गीतमा फिमेल मोडल बिन्दु दवाडीको भने पहिलो म्युजिक भिडियो हो , “पहिलो काम बाट म निकै खुसि छु” उनले भनिन । देभ दाहालको लगानीमा निर्माण भएको यस गीतलाई ओ एस आर डिजिटल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्