Logo

यी हुन् घर बिहिन १९ दलित परिवारलाई ५ रोपनीको घडेरी दिने सन्तोष ! सम्मानको लागि सेयर गरौ

ओखलढुंगाका एक युवाले दलित नमुना बस्ति निर्माणका लागि जग्गादान गरेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ८ का समाजसेवी युवा सन्तोष कुमार बस्नेतले भूकम्पमा घर क्ष’ति भएका र घर बनाउने घडेरी समेत नभएका १९ परिवारको द’लित समुदायलाई सामुहिक रुपमा प्रयोग गर्नेगरि जग्गा उपलब्ध गराएका हुन् ।

बस्नेतले नमुना बस्तिको रुपमा विकास गरेर घर तथा घडेरी बिहिनहरुलाई गाउँमा सहजरुपमा बसोबास गर्न सहयोग गर्ने उद्देश्यले ५ रोपनी जग्गा रजिस्टेसन पास गरेर दिएका छन।

बुबा रामबहादुर बस्नेतबाट आफुले अंशको रुपमा लिने आम्बोटे सिरानको ५ रोपनी जग्गा मंगलबार मालपोत कार्यालय ओखलढुंगाबाट पास गरेर द’लित समुदायलाई दिएको बस्नेतले बताए ।

‘हाम्रो गाउँको त्यो दलित समुदायको समस्या देखेर मानविय नाताले उनिहरुलाई सहयोग गरौं भनेर बुबाबाट मैले पाउने अंश काटेर घडेरी पास गरिदिएँ।’ जग्गादाता बस्नेतले भने,‘कतिको घर छैन, कतिको घडेरी छैन।

अब उनिहरु सबै एकै ठाउँमा बस्ने र नमुना बस्तिको रुपमा विकास गरेर दलित समुदायको जिवनस्तर उकास्न आय आर्जनका कार्यहरु भए राम्रो हुन्थ्यो भन्ने लागेको छ ।’

जग्गाको धनिपुर्जा फाल्गुण ३ गते एक कार्यक्रमका बिच जग्गामै सामुहिक रुपमा हस्तान्तरण गर्ने उनले जानकारी दिए । जग्गादाता बस्नेत एक सफल व्यवसायी हुन। च्यानम स्थित आम्बोटे सिरानमा सामुहिक आवास निर्माणका लागि निःशुल्क जग्गा पाए पछि दलित समुदायका स्थानीय खुसी भएका छन् ।

भू’कम्प र पहिरोका कारण आफुहरु समस्यामा रहेको बस्नेतबाट निःशुल्क प्राप्त जग्गामा गएर सामुहिक रुपमा बसोबास गर्ने योजना रहेको सन्तबहादुर नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्