Logo

यी दुई राशीबीचका जोडीले एक अर्कालाई धेरै माया गर्छन् ! जानी राखौ

ज्योतिषशास्त्रका अनुसार केहि राशीहरुलाई एक दोश्रोको अनुकुल हुने बताइएको छ । तर कुन कुन राशीका मानिसहरुको विवाह हुँदा त्यो जोडी एकदमै पर्फेक्ट र राम्रो हुन्छ भन्ने बारे हामी अनभिज्ञ छौँ ।

ज्योतीष शास्त्रका अनुसार यी दुई राशीहरुको एक आपसमा विवाह हुँदा एकदमै शुभ र राम्रो हुने बताइएको छ । जानी राखौ :

१. मेष र कुम्भ : यी दुई राशीहरुको आपसमा आफ्नो कनेक्सन हरक्षण एक अर्कामा रहने गर्छ । यी दुई राशीका व्यक्तिलाई एक आपसमा घुम्न रमाइलो लाग्ने गर्छ । साथै यी दुई राशीबीचमा विवाह भयो भने यो जोडीले रमाईलोसँग आफ्नो जीवन व्यति तगर्न सक्छ ।

२. वृष र कर्कट : वृष राशी र कर्कट राशीबीचमा एकअर्कामा बुझ्न सक्ने क्षमता धेरै हुन्छ । यी राशीहरुबीचको जोडी कोहि छ भने उनीहरुको प्रेम सम्बन्ध सफल रमाइलो बन्छ ।

३. मिथुन र कुम्भ : यी दुई राशहिरुबीचको सम्बन्ध भावुक प्रवृत्तिको हुने गर्छ । यी दुई राशीहरुबीचको जोडीले एक अर्कालाई सम्मान गर्ने गर्छन् । यी दुई राशीबीचमा विवाह भयो भने उनीहरुको सम्बन्धमा मिमठास आउँछ ।

४. कर्कट र मीन :यी दुई राशीहरुको मेल भयो भने निसन्देह जीवनमा रमाईलो हुन्छ । यी राशीका मानिसहरुको जोडीले रोमान्सलाई जीवनमा महत्पूर्णका साथ लिने गर्छन् ।

५. सिंह र धनु : यी दुई राशीहरुको जोडी पनि एकदमै जम्छ । उनीहरु आफ्नो अन्तिम समयसम्म एक अर्कालाई साथ दिई रहन्छन् । साथै एक साथ आई परेका समस्याहरु पनि समाधान गर्छन् ।

६. कन्या र वृष : यी दुई राशीबीचका मानिसहरुले एक आपसमा विवाह गरे भने जीवनमा एकदमै राम्रो हुन्छ । उनीहरु इमान्दारका कारणले नै आफ्नो सम्बन्धलाई प्रगाढ बनाएर राख्न सक्छन् ।

७. तुला र मिथुन : यी दुई राशीका मानिसहरु वौद्धिक क्षमतामा अब्बल हुन्छन् । साथै यी दुई राशीबीचमा भएको विवाह पनि जीवन पर्यन्तसम्म अटुट भई रहन्छ ।

८. वृश्चिक र कर्कट : यी दुई राशीबीचमा भएको विवाह पनि शुभ मानिन्छ । उनीहरुले एक अर्काको कुरालाई बुझ्न सक्छन् । उनीहरुले एक अर्काको ध्यान पनि राख्छन् । त्यसैले यी दुई राशीबीचको जोडी जीवन पर्यन्त खुसीयाली हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्