Logo

धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड !(हेर्नुहोस भिडियो )

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (कुञ्जना घिमिरे) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो ।


रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख ग्रस कलेक्सन गरेको बताइएको छ । निर्माण टिमको दाबीअनुसार फिल्मले शुक्रवारको दिन यति कमाइ गरेको हो ।

फिल्मको शनिवारको व्यापार भने अझै बढी छ । विदाको दिन परेकाले पनि फिल्मले शनिवार आक्रामक व्यापार गरेको छ । निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ ।

फिल्मकै लागि भने सीताराम कट्टेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थल, चितवनबाट काठमाडौं आएका छन् । शुक्रवार र शनिवारको आक्रामक भिडले धुर्मुस पनि हौसिएका छन् ।

दयाहाङ राई, विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हास्य विधामा निर्माण भएको हो । फिल्मले समीक्षा भने राम्रो पाउन सकेको छैन ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्