Logo

खेल्न गएका बालकको बिजुली पोलले किचिएर गयो ज्यान !

 धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी वर्ष १० का आशिक गडेरीको बिजुलीको पोलमा किचेर ज्यान गएको हो ।

स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक आशिक आइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्केर नजिकै जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । बालक पोलमाथि बस्न खोज्दा ढलेर जिउमै किचिएपछि घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बालक किचिएको जानकारी हुना साथ ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर डोजर लिएर पोल हटाएको थियो । स्थानीयका अनुसार तबसम्म बालकको ज्यान गइसकेको थियो ।

बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणको लापरवाहीले बालकको ज्यान गएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्