Logo

प्रधानमन्त्रीलाई भोलि बिहान कालो चिया दिइने, सोमबारसम्म डिस्चार्ज गर्ने योजना……(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ। बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो। शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन्। अहिले उनलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ।

प्रधानमन्त्री ओलीको होस पनि खुलिसकेको छ। उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ। अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइनेछ।

‘भोलि बिहान उहाँलाई कालो चिया दिन्छौं। अरू कुनै समस्या देखिएन भने सोमबारसम्म डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा संलग्न एक चिकित्सकले सेतोपाटीसँग भने,‘अवस्था धेरै राम्रो भयो भने आइतबार पनि डिस्चार्ज गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्