त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण कार्य भइरहेको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहानबाट मिर्गाैला प्रत्यारोपण कार्य सुरु भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभचिन्तकहरु अस्पताल पुगेका छन् । यसैक्रममा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नी पत्नी निकितासहित अस्पताल पुगेका छन् । चिकित्सकसँग आफूले कुरा गरेको भन्दै उनले प्रधानमन्त्री ओली चाँडै निको भएर फर्कने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गाैला दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षा दुवैजना अपरेसन थिएटरमा छन् । चिकित्सकहरूका अनुसार ओलीमा मिर्गौला पुनः प्रत्यारोपण गर्न पाँच घन्टा लाग्ने छ । ओलीमा मंगलबार पनि मिर्गौलाको डायलासिस गरिएको थियो ।
प्रतिक्रिया