Logo

नेपाल आइपुगिन् मिस वर्ल्ड २०१९’ टोनी एन सिंह ! (हेर्नुहोस भिडियो सहित)

मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् ।मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन् । उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन् ।

टोनी नेपाल आउनुको मुख्य उद्येश्य भनेको मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्नु हो । जसको लागि उनी शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुग्ने तय भएको छ ।हेलम्बु पुगेर उनले त्यहाँ निर्माण भइरहेको हिमालय ग्रेट ट्रेल अवलोकन गर्नेछिन् । हेलम्बुकै सोल्सिङ गाउँमा अनुष्काले गरिरहेको प्रोजेक्‍ट पनि टोनीले हेर्नेछिन् ।

त्यसपछि टोनी मकवनपुर पुग्ने तय भएको छ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्नको लागि उनी मकवनपुर जान लागेकी हुन् ।दुबै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटिल हात पारेका थिए । नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोस’को टाइटिल जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्