यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा रहिरहदाँ आम नेपालीले मात्र होइन, देश विदेश देखि सबैले सुस्वास्थ्यको कामना गरिरहनु भएको छ । राज्यका हरेक निकाय र हरेक नागरिकको ध्यान प्रधानमन्त्रीको स्वास्थ्यमा केन्द्रित हुनु स्वभाविक हो ।
मेरा शब्दहरुले अन्यथा नलागोस् म पनि सम्बृद्ध नेपाल र सुखी नेपालीका सारथी प्रधानमन्त्री ओलीको शिघ्र सुस्वाथ्य लाभको कामना गर्दछु । त्यसमाथि पनि यसपाली स्वदेशमै उपचार गराई नेपाल र नेपाली चिकित्सकहरुको समेत इज्जत राखिदिनु भएकोमा हामी धन्यावाद चढाउँछौं।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण हुँदै गर्दा यतिबेला कैयौँ मृगौला पीडितहरुको आवाज नेपथ्यमा गुञ्जिरहेको छ, ‘प्रधानमन्त्रीले पुनर्जन्म पाउने अनि हामीले चाहिं कहिले पुनर्जन्म पाउने ?’ प्रधानमन्त्री ज्यू… एउटै जीवनमा चार ओटा मृगौला पाउनु कत्ति भाग्यमानि तपाई ! आम मानिस दुई ओटा मृगौलाले बाचेको छ भने अभागी मानिसहरु एउटा मृगौलामा गुजारा गर्नु परेको छ। आज नेपालमा मात्र तीस हजार भन्दा बढी व्यक्तिहरु मृगौला प्रत्यारोपणको पर्खाइमा छन् भने मृगौला पिडितहरु कति हुन् कति । भिडियो हेर्नुस्
प्रतिक्रिया