Logo

निर्णय भएको छैन विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ ।कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ । शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ ।

तर पछिल्लो समय स्कुल तथा कलेज विदा गरिएको, परीक्षा नै स्थगित भएको हल्ला चलेको छ ।मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । मन्त्रालयले भनेको छ, ‘चैत्र ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुनेछ ।

परीक्षा सरेको पन विद्यालय बन्द गरिएको जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालयसम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’स्थितिको नियमित समीक्षा र विश्लेषण भइरहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ

प्रतिक्रिया दिनुहोस्