Logo

बुवा ज्ञानेन्द्र र श्रीमति हिमानीको डान्स हेरेर सोनिका सँग मख्ख पारसले दिए यस्तो प्रतिकृया !

पूर्वराजपरिवारले काठमाडौँको एक नाइट क्लबमा बिताएको एक घण्टा अहिले समाजिक संजालमा बहसको विषय बनेको छ । पुर्वयुवराज्ञी हिमानी शाहसहित परिवारसँग एलओडि पुगेका पूर्वराजा ज्ञानेन्द्रका निस्फिक्रि व्यवहारको प्रशंसा धेरैले गरिरहेका छन् । पूर्वराजाले जनतासँग देखाएको सौहार्दपूर्ण व्यवहारको तारिफ समाजिक संजालमा व्याप्छ छ । सर्वसाधरणसँग खुलेर बोल्दै फोटो खिच्ने र नाचेपछि उनलाई समर्थन गर्नेको भिड क्लबमा देखिन सक्थ्यो ।

उनी नाचेको भिडियोहरु सार्वजनिक भएपछि नेपाली कलाकारहरुले पनि त्यस्को समर्थन गरेका छन् । कलाकार केकी अधिकारी देखि दिपक राज गिरीले पुर्वराजपरिवारको प्रशंसा गरिरहेको अवस्था छ । दिपक राज गिरीले समाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘बैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाइ । तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो । सबै कुरा गुमाउदा पनि यो मुस्कान , यो स्वच्छन्दता ।

जिन्दगी बाँच्ने कला उहाँले भन्दा बढि कस्ले सिकाउन सक्छ ।’यता ज्ञानेन्द्रको छोरा पारश शाह पनि आफ्ना बुवा र श्रीमतीको नाँच देखेर मख्ख परेका छन् । उनले समाजिक संजाल फेसबुकमा बुबा र श्रीमती नाचेको भिडियो शेयर गर्दै लेखेका छन्, ‘रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो ज्युदो रगत सरि यो बल्दो यो शान हाम्रो ।

प्रतिक्रिया दिनुहोस्