Logo

कोरोना भाइरसः इटालीमा थप ४९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९७ पुग्‍यो !

चीनबाहिर कोरोनाभाइरसका कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित बन्दै गइरहेको इटालीमा यसबाट ज्यान गुमाउनेको संख्या थप बढेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप ४९ जनाको ज्यान गएको इटालीका अधिकारीहरूले बताएका छन्।

योसँगै कोरनाभाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। यसैगरी यसका ४६ सय मामिलाहरू पुष्टि भएको इटालीले जनाएको छ।

डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको यो भाइरसबाट हालसम्म संसारका एक लाख बाढी मानिसहरू प्रभावित भइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

यसैगरी ३ हजार बढीको ज्यान गएको पनि उसले बताएको छ, जसमा अधिकांश चीनका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्