Logo

बाँकेमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ ढकेरीमा रहेकाे महेन्द्र राजमार्गमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे ९ प ७८१७ नम्बरको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु २ ख २३४० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा स्कुटर चालक कपिलवस्तुका विष्णु बेल्वासेको घटनास्थलमै ज्यान गएकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले दुर्घटनामा घाइते बेल्वासेकी श्रीमती विन्दु बेल्वासे र छोरी विपनाको अवस्था गम्भीर रहेको बताउनुभयाे ।

घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुवै गाडी तीव्र गतिमा रहेकाले एकापसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्