Logo

मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका रमेशको बैंकद्वारा ऋण मिनाह !

सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ पटारेमा मोटर’साईकल दुर्घट’नामा मृ’त्यू भएका रमेश बुढाथोकीको मुक्तिनाथ विकास बैंकले कर्जा बापतको ऋण मिनाहा गरिदिएको छ।

मुक्तिनाथ वि’कास बैंक थारमारेबाट व्या’पारको लागि लिएको ५ लाख रुपैया मध्य तिरीसके’को सावाँ र व्याज बापत’को रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र काज’क्रिया बापत’को रकम ५ हजार रकम बैंकले हस्तान्तर’ण गरेको हाे ।

त्यस्तै उनले तिर्न बाँकी र’हेको कर्जा ३ लाख ७७ हजार ३ सय ७३ रुपैँया पनि बैंकले मिनाह गरेको छ । उक्त रक’म मृत’क बुढाथोकीकी श्रीमती अस्मीता बटालालाई बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी र

सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर बस्नेत, मुक्तिनाथ बिकास बैंक श्रीनगरका डेस्क प्रमुख डिल्ली प्रसाद रानाद्धारा संयुक्त रु’पमा हस्तान्तरण गरि’एको हाे ।

मुक्ति’नाथ विकास बैंक लि. थारमारे शा’खाका शा’खा प्रमुख गेहेन्द्र भट्ट’राईले बैंक जनताको दुःखमा पनि सधै साथ’मा रहेर अगाडी बढेको र हरेक ने’पालीहरुको सुख, दुःखमा तथा धनी देखि गरीबसम्म’लाई वित्तिय सेवा दिईरहेको बता’एका छन । साथै उनले बैंक सामाजिक उत्तरदा’यित्वमा सक्रिय भए’र लागी’रहेकोे बताए।

प्रतिक्रिया दिनुहोस्