Logo

सुर्खेतमा ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना हुने !

वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मूर्ति नेपालमै पहिलोपटक स्थापना गर्न लागेको हो । प्राप्त शिलालेखअनुसार साके संवत् १५०४ शिव मन्दिर स्थापना उल्लेख छ ।

व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो । उक्त बजेटमध्ये रु ८० लाख बैंक बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनाकार्यमा खर्च गर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ ।यो पनि पद्नुहोस :

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उनले बताइन् । ‘शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ’, मौसमविद् नगरकोटीले भनिन् ।बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्