Logo

अचम्मै भो ! पुच्छरसहित बच्चा जन्मियो, हेर्न आउनेको लाग्यो भीड

विश्वमा धेरै अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै यस्ता घटना पनि हुन्छन् जुन पत्याउनै मुस्किल पर्छ । यस्तै भारतमा एक अनौठो तर सत्य घटना घटेको छ । भारतको नोयडामा एक दम्पतीले पुच्छरसहितको बच्चा जन्माए ।

भारतको नोयडास्थित एक अस्पतालमा जन्मिएको उक्त बच्चा देख्दा आमाबुबा पनि चकित परे । पुच्छर भएको बच्चा जन्मिएको छ भनेपछि हेर्ने मानिसको भीड लाग्यो । अन्य ठाउँबाट पनि उक्त बच्चा हेर्न आउन थाले ।

शिशुको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको छ । चिकित्सक डा अनुराग भार्गवका अनुसार, यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइन्छ । पुच्छरसहित जन्मेको उक्त बच्चा स्वस्थ भएको बताइएको छ । पुच्छरलाई शरिरलाई कुनै हानि नगर्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्