Logo

यस्तो अनौठो शिवलिंग, जसको हरेक बर्ष उचाई बढ्छ ! जानी राखौ

बिश्वका धेरै देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । ठाउँ ठाउँमा मानिसहरुलाई पुजापाठ गर्न मन्दिर पनि बनाइएको छ । हिन्दुले मान्ने भगवान मध्ये एक हो शिब भगवान । हिन्दु धर्मग्रन्थमा पनि शिवको महिमा अपरम्पार रहेको उल्लेख गरिएको छ ।

हिन्दु धर्मग्रन्थमा १२ ज्योर्तिलिंगको निकै महत्व राखिन्छ । यीनीहरु भन्दा अद्भुत रहस्मयी शिवलिगं पनि छ । जुन शिवलिगं हरेक वर्ष बढ्दै जाने गर्छ । भारतमा यस्तो शिवलिंग छ जुन हरेक बर्ष बढ्दै जान्छ ।

भारतको छत्तिसगढको जंगलमा रहेको उक्त प्राकृतिक शिवलिंग हरेक बर्ष एक इन्चबाट पौने इन्च सम्म बढ्दै जान्छ । यो कुरा शिवलिगंको रेखदेख महासमितिले जनाएको छ । शिवलिगंको रेखदेख महासमितिले हरेक बर्ष शिवलिगं नाप्ने गर्छन् । यस शिवलिगंलाई ‘भुतेश्वर महादेव नाम राखिएको छ । यस शिवलिगंमा साउन महिनामा धेरै भीड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्