Logo

कालिञ्चोक भगवतीको दर्शन गर्दै ,वि.सं. २०७६ फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस्

वि.सं. २०७६ फागुन २२, बिहीबार, इ.स. २०२० मार्च ५,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० चिल्लाथ्व, फाल्गुण शुक्लपक्ष, दशमी, ८:१८ उप्रान्त एकादशी, नक्षत्र– आर्द्रा, ६:५८ बजेउप्रान्त पुनर्वशु, योग– सौभाग्य, २७:५४ बजेउप्रान्त शोभन, करण– गर, ८:१८ बजेदेखि वणिज, १९:५१ बजेउप्रान्त भद्रा, आनन्दादिमा काण योग, चन्द्रराशि– मिथुन, २४:४६ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान २९ घडी ० पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुखदुःखमा साथ पाइनेछ, समस्याहरू धेरै आउनेछन्,कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ, आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
जोश र जाँगर बढ्नेछ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
गोपनीयतामा ध्यान दिनुहोला,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने, आजको शुभ अंक १२ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मान–सम्मान पनि पाइनेछ,कर्म सिद्धिको समय छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
रोगबाट छुटकारा मिल्नेछ,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक ८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्